top of page

सतौ राज दरवार….ऐतिहासिक परिचय

  • Prabhat Dhakal
  • Jan 10, 2017
  • 2 min read

सतौका राजाको दरवार भनिने यस मन्दिरमा कालिका र भैरवको पूजा गरिन्छ । अहिले पनि यसलाई दरबारनै भनिन्छ।

सतौ राज्यमा शिर बम खाॅडदेखी अन्तिम राजा कीर्तिवीर शाहीसम्म बाह्रौ पुस्ताले राज्य गरेको थिए।] यि सम्पूर्ण राजाले सातौ शताब्दिमा स्थापित Sataun chandi kalika मन्दिरमा पुजा गर्दथे। कालिका मन्दिरको नित्य पुजाको लागी तत्कालिन राजा दीर्घराज शाहीबाट ब्राम्हणको लागी पन्ध्र मुरी , नगर्चीका लागी पचास मुरी , कटुवालको लागी पन्ध्र मुरी, चण्डीथान मन्दिरको पुजाका लागी पचास मुरी माटो खेत लामागे सातुपसल फाॅटमा गुठी राखेका थिए। सोही अवसरमा 56 तोलाको सुनको कालिकाको मुर्ति चढाएका थिए र मन्दिरको संरक्षण गर्न समय समयमा फूलपाती पुर्याउन , मैदान पंधेराको शिवालयमा नित्य पूजा गर्न:: सोह्रघर, देउराली भिर , फूलवारी, रानीस्वाॅरा, सेतीदोवान खेत , पाखा , गुठी समेत राखेका थिए।————-

अहिलेको अवस्था:::: ———–::दशैको फूलपा ती देखी ब्राम्हण , ठकुरी , मगर जातीका पुरूष उपबास वसी नवमीका दिन धामी नाच गरी तिवारी थरका ब्राम्हणले राॅगाको कानमा मन्त्र सुनाई त्यसलाई वली दिई बाजागाजा सहित बढाई गरिन्छ। त्यस अवसरमा ठुलो भिड लाग्दछ। पहिले देखिनै यहाॅको व्यवस्थाका लागि सरकारी अनुदान रहेको छ। यहाको धामी नाच वा नवमी दिनको vedio youtube मा नि रहेको छ :::: https://www.youtube.com/watch?v=-un4nFTb9q0

सतौ, स्याङजा जिल्लाका प्रमूख ४ राज्य मध्येको एउटा अलग्गै राज्य थियो । नेपाल एकिकरण अभियानमा गोर्खाली फौजलाई पहिलो पटक सतौ राजयका फौजिले निकै चलाखी पुर्ण हराएको इतिहास सर्बवितितै छ । गोर्खालिहरु पहिलो पटक आक्रमण गर्न आउदा उनिहरूले सतौकोटको डाडामा रहेको ढुङगा माथि कपडा ओछाएर मान्छे जस्तो परेछन अनि गो र्खे हरूले सवै वम गोली टाढै वाट हानेर सकेपछि सतौका सैनिकले गोर्खेलाई मारी खोलामा बगाई दिएका अनि ऊक्त सानो खोला लासको रगत मिसिन गई रगतै रगत भयो त्यस दिन बाट त्यो खोलालाई * वैरी * खोला भनियो किनकि वैरी भनेको सत्रु हो सत्रुको रगतको खोला वगेकाले वैरी खोला भनियो हाल बैरी नाम विगारेर -बैदीखोला- भनिन्छ। पछि दोस्रो आक्रमणमा हार पछी यस राज्यले पनि अन्य राज्यहरुले सरह गोर्खाको अधिनस्त स्विकारेको पाईन्छ । यसै राज्य संगको लडाईंमा गोर्खाली फौजका सेनापती केहर सिंह बस्नेत मारिन पुगेका थिए । उतिबेला प्रत्येक राज्यले आफ्नी ईष्टदेबीका रुपमा कालिका कोट निर्माण गर्ने परम्परा थियो । यहि परम्परा विधिमा Sataun chandi kalika मन्दिरको स्थापना भयो।

Pic information:::::दशैको नमवीका दिन लागेको भिड र धामी नचाई:::

©©©©©खोज-अबलोकन–Writer:— ®©©प्रभात ढकाल

source::: books, grand parents ©®©©®©®©®¢¢¢¢©®®®®®®®®®©


 
 
 

Comments


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Basic Square

Copyright@2017 Sataunchandikalika

SataunChandikalika

Share your message

Zip code- 33800

www.facebook.com/sataunchandikalika

PutalibazarNagarPalika ward No-8, sataun

Syangja Nepal

  • Google+ Social Icon
  • Google Places Social Icon
  • Twitter Social Icon
  • Blogger Social Icon
  • Instagram-v051916_200
  • YouTube Social  Icon
  • facebook

Success! Message received.

Be Inspired
bottom of page